ट्रम्पको दाबी– यो कम्पनीले कोरोनाभाइरसको औषधी बनाइसक्यो, अब परीक्षण हुन्छ

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधी बनाउने कम्पनी प्फिचरले कोरोनाभाइरसविरुद्धको औषधी बनाइसेको र यसले ‘उपचारमा सहयोग गर्ने’ दाबी गरेका छन् । यो औषधीले भाइरसको संक्रमण रोक्ने पनि उनले दाबी गरेका छन् । 

यो औषधीको क्लििनकल ट्रायल अब छिट्टै सुरु हुने उनले बताएका छन् । 

‘यो थेरापीका लागि उनीहरुले धेरै गरेका छन्,’ ट्रम्पले थपेका छन्, ‘१९ अरु विभिन्न थेरापी तथा उपचार अहिले एफडिएले परीक्षण गरिरहेको छ ।’

आज ह्वाइटहाउसमा भएको मिडिया ब्रिफिङमा उनले यस्तो बताएका हुन् । सँगसँगै उनले सबै अमेरिकीको परीक्षण गर्न सम्भव नभएको पनि बताएका छन् ।





  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार ४:५९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया