नवलपुर क्वारेन्टाइनका ६६ जना घर फर्किए

नवलपरासी– पूर्वी नवलपरासीमा कोरोनाभाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेका ६६ जना घर फर्किएका छन् । उनीहरुमा कोरोनाभाइरस संक्रमण नभएको पुष्टि भएपछि उनीहरु घर फर्किएका हुन् । 

त्यहाँ ८२ जना क्वारेन्टाइन्मा बसेका थिए । अब १६ जना अहिले पनि क्वरेन्टाइनमा छन् । यी १६ जना काठमाडौंबाट पैदल नवलपरासी पुगेका थिए ।

नवलपुरमा मात्र शुक्रबारसम्मको तथ्यांकअनुसार ८ सय ६० जना विदेशबाट आएका थिए । तीमध्ये जम्मा ८२ जना क्वारेन्टाइनमा बसेका थिए । अरुमा पनि कोरोनाभाइरसको लक्षण नदेखिएको बताइएको छ ।

नवलपुरमा कोरोनभाइरस संक्रमण भएको आशंकामा २० जनाको स्वाब परीक्षण पनि गरिएको थियो । तर, कसैमा पनि कोरोनभाइरस पोजेटिभ देखिएन ।
 





  • प्रकाशित मिति : चैत २९, २०७६ शनिबार १७:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया