सुदूरपश्चिमका सबै जिल्लामा र्‍यापिड टेस्ट

महेन्द्रनगर– अब सुदूरपश्चिमका सबै जिल्लामा कोरोनभाइरसको ¥यापिड टेस्ट सुरु भएको छ । 

यसअघि अरु सबै जिल्लामा सुरु भएको र्यापिड टेस्ट बझाङ र दार्चुलामा पनि सुरु भएपछि सबै जिल्लामा र्यापिड टेस्ट सुरु भएको हो । प्रादेशिक निर्देशनालयले दिएको जानकारीअनुसार अब सुदूरपश्चिमका सबै जिल्लामा केही दिनमा नै र्यापिड टेस्ट सकिनेछ ।

सुरुमा त्यहाँका स्थानीय तहका क्वारेन्टाइनमा राखिएकाहरुले परीक्षण गरिने र दोस्रो चरणमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिने बताइएको छ । अनि त्यसपछि अन्यमा पनि परीक्षण गरिने जनाइएको छ ।

सुदूरपश्चिममा अहिलेसम्म ४ जना कोरोनासंक्रमित भेटिएका छन् । भारतबाट ठूलो संख्यामा नेपाल भित्रिएका मानिसहरु त्यहाँ बसेकाले सुदूरपश्चिममा कोरोनाभाइरस संक्रमितको संख्या अझ बढ्न सक्ने बताइएको छ ।





  • प्रकाशित मिति : चैत २९, २०७६ शनिबार १८:९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया