एम्बुलेन्स प्रयोग गरी लागूऔषध ओसारपसार , तीन जना पक्राउ

 

प्रनिश थापा/फरकधार
चितवन– 
चितवन प्रहरीले अवैध लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । 

लागूऔषध दुब्यसनी दिनानुदिन बढ्दै गए पछि त्यसलाई नियन्त्रणमा लिन भन्दै चितवन प्रहरीले थालेको अप्रेसन अन्तर्गत जिल्लाको विभिन्न स्थानहरूबाट ६ जना लाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १० वस्ने बर्ष ४१ को बिनोद राना मगर, भरतपुर महानगरपालिका वर्डा नम्बर २४ बस्ने बर्ष २४ को प्रबिन घर्ती, भरतपुर महानगरपालिका वर्डा नम्बर ११ बस्ने बर्ष ४२ को अनुप तिमिल्सिना रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नाइट्राजेपाम १० थान, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर, ट्रमाडोल ४० ट्याब्लेट बरामद गरेको छ ।

नेपाल लकडाउन भएको मौका छोपी देशका विभिन्न स्थानहरूमा एम्बुलेन्स प्रयोग गरेर तस्करी भइरहेका छन् । केही समय अगाडि मात्रै बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट समेत प्रहरीले एम्बुलेन्स मार्फत लागूऔषधको ओसारपसार गर्नेहरूलाई पक्राउ गर्न सफल भएको थियो । 

लागूऔषध कारोबारीहरु कसरी पक्राउ परे ?

चैत २४ गते साँझ ६ बजेको समयमा भरतपुर महानगरपालिका -२ जलमाहल रोडमा चितवन प्रहरीको विशेष टोलीले लु. २. च ६६५९ नम्बरको एम्बुलेन्स रोकी बिनोद राना मगरले बोकेको झोला चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध नाइट्राजेपाम १८७ ट्याब्लेट , स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याब्लेट सहित फेला पारेको थियो । 

लागूऔषध फेला परेपछि प्रहरीसंगको प्रारम्भिक बयानका क्रममा उनलेे अनुप तिमिल्सिना भन्ने ब्यक्तिले लागूऔषध किन्न पठाएको बताएपछि सोही दिन साँझ साँढे सात बजे अनुप तिमिल्सिना समेतलाई नियन्त्रणमा लिएको थियो । तिमिल्सिनालाई भरतपुर महानगरपालिकाको वर्डा नम्बर ११ स्थित आँखा अस्पताल अगाडिबाट प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेकाहरुमाथि लागूऔषध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको र आरोप पुष्टि भएमा २ बर्ष देखी दस बर्षसम्म कैद एक लाख रुपैयाँदेखी २० लाख रुपैयाँसम्म जरीवाना हुने कानुनी ब्यावस्था रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नान्ती राज गुरुङले जानकारी दिएका छन् ।



 

अन्य तीन जना पक्राउ

उता, ईलाका प्रहरी कार्यालय दिब्यनगर बाट असई प्रेम चौधरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले समेत लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । 



पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वर्डा नम्बर २४ जगतपुर बस्ने बर्ष १९ को प्रदिप बिक , सोही ठाउँ बस्ने बर्ष ५७ को पदम बहादुर तमाङ र भरतपुर महानगरपालिका वर्डा नम्बर २५ शुक्रनगर बस्ने बर्ष ४५ को धनमाया भन्ने सानुमाया मगर रहेका छन् । उनीहरु लाई गत, चैत २० गते नै पक्राउ गरेको भए पनि प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित लागूऔषध ४ किलो ९३६ ग्राम सहित प्रदेश -२ - ०३- ००५- प ६६८१ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • प्रकाशित मिति : चैत २९, २०७६ शनिबार १९:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया