कोभिड १९ उपचारमा हाइड्रोक्सिक्लोरोक्विनः के हो वास्तविकता ?

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा एउटा औषधीको माग गरेको समाचारले निकै स्थान पायो, मिडियाहरुमा । उनले मागेको त्यो औषधी थियो– हाइड्रोक्सिक्लोरोक्विन (एचसिक्यू) । भारतले यतिबेलासम्म औषधीको निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर, अमेरिकाले यो माग गरेपछि उसले यो औषधीमाथिको प्रतिबन्ध हटायो । 

उता, इजरायलमा पनि भारतले यो औषधी पठायो । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भारतलाई धन्यवाद पनि दिए ।

तर, खासमा यो के औषधी हो ? यसको आवश्यकता किन भइरहेको छ र यसले के काम गर्छ ?

खासमा यो औषधी मलेरिया रोक्नका लागि बनाइएको औषधी हो । यसलाई रुमेटायड अर्थटाइटिस र ल्यूपस जस्ता अटोइम्युन बिमारीहरुका लागि पनि प्रयोग गरिन्छ । 

तर, अहिलेसम्म यो औषधी कोभिड १९ को उपचारका लागि ठिक हुन्छ भन्ने वैज्ञानिक कारण भेटिएको छैन । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई कोभिड १९ विरुद्धको लडाईंमा निकै उपयोगी हुने बताएका छन् । 

जोन हप्किङ्स विश्वविद्यालयको ल्युपस सेन्टरले यसलाई ल्युपस लाइफ इन्सुरेन्सको रुपमा पनि प्रचारित गरेको छ, परिभाषित गरेको छ । भारतमा त यो औषधी हजारौँले प्रत्येक दिन लिइरहेका हुन्छन् ।



तर, अहिले त्यहाँ मानिसहरु किन डराएका छन् भने भारतले यो औषधी बाहिर पठाउन थालिसकेको छ । भारतीयहरुले त्यसैले प्रश्न उठाएका छन्, कतै यो औषधी अब भारतीय बजारमा पनि पाउन छोडिने त होइन ?

भारतको स्वास्थ्य मन्त्रालयले चाहिँ यो औषधी अहिले भारतमा सर्टेज नहुने बताउँदै आएको छ । 



जे होस्, वास्तविकता चाहिँ के हो भने यो औषधीको सबैभन्दा ठूलो उत्पादक नै भारत हो । अहिले भारतमा यो औषधी बनाउने कम्पनीहरुले दैनिक १५ लाख ट्याब्लेट्स यो औषधीबारे बनाइरहेका हुन्छन् ।

  • प्रकाशित मिति : चैत २९, २०७६ शनिबार २३:१०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया