महावीर पुनले तयार पारे इमर्जेन्सी भेन्टिलेटर

काठमाडौं– कोरोनाभाइरस महामारीसँग जुध्नका लागि अहिले विश्व आफूलाई तयार पारिरहेको छ । यो महामारी फैलिएपछि विश्वभर भेन्टिलेटरको अभाव खड्किएको छ । 

नेपालमा पनि कोरोनाभाइरस संक्रमण रोकथामका लागि विभिन्न प्रयास भएका छन् । सरकारले विभिन्न देशबाट स्वास्थ्य सामाग्री किन्ने प्रक्रियामा छ । कोभिड १९ संक्रमण भएमा यसको उपचारका लागि अति आवश्यक भेन्टिलेटर चाहिँ नेपालमा पनि कमी छ । केही अघि आएको तथ्यांकअनुसार नेपालमा अहिले एक हजारभन्दा कम भेन्टिलेटर प्रयोगमा आउने अवस्थामा रहेका छन् । 

यहीबीच महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रमा इमर्जेन्सी भेन्टिलेटर तयार पारेका छन् । उनले यसको जानकारी स्वयं ट्विटरमा दिएका छन् । 

पुनले भेन्टिलेटरसँगै एरोसोल बक्स पनि तयार भएको बताएका छन् । एरोसोल बक्सको सहयोगमा बिरामीको उपचार गर्न चिकित्सकले बिरामीको सम्पर्कमा आउनु पर्दैन । पछिल्लो समय दक्षिण कोरियामा कोभिड १९ संक्रमण भएको वा नभएको भन्ने थाहा पाउन यो विधि प्रयोग गरिएको थियो । 

पुनले ट्विटरमा नै वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल, गंगालाल अस्पताल तथा सैनिक अस्पताल छाउनीमा बिग्रिएका भेन्टिलेटर पनि मर्मत कार्य सुरु भएको जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : चैत ३०, २०७६ आइतबार ५:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया