अष्ट्रेलियामा कोरोनाभाइरस संक्रमित सबै नेपाली निको भए

सिड्नी– अष्ट्रेलियामा कोरोनाभाइरस संक्रमित सबै नेपाली निको भएका छन् । यसअघि अष्ट्रेलियामा ८ नेपाली कोरोनाभाइरस संक्रमित भएको समाचार आएका थिए ।

संक्रमित सबै ठिक भइसकेको र सबैजना घरमा नै सेल्फ आइसोलेसनमा बसेर ठिक भएको अष्ट्रेलियाका लागि नेपाली राजदूतावासले जनाएको छ ।

पहिले संक्रमण देखिए पनि पछिल्ला परीक्षणमा सबैको टेस्ट नेगेटिभ आएको दूतावासले जनाएको छ ।

अहिले अष्ट्रेलियामा एक लाखभन्दा धेरै नेपाली विद्यार्थी रहेका छन् । अष्ट्रेलियामा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गए पनि अन्य नेपालीलाई संक्रमण देखिएको छैन ।





  • प्रकाशित मिति : चैत ३०, २०७६ आइतबार ६:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया