एजेन्सी– बंगलादेश स्वतन्त्रताका सेनानी मानिएका शेख मुजिबुर रहमानको हत्यामा संलग्न भएको भनिएका पूर्वसैन्य अधिकारीलाई बंगलादेशमा फाँसी दिइएको छ ।
मुजिबुर रहमानको सन् १९७५ मा हत्या भएको थियो ।
शनिबार मध्यरातमा त्यहाँ अब्दुल मजेदलाई फाँसी दिइएको हो । उनले केही दिनअघि मात्र राष्ट्रपतिबाट माफीका लागि याचना गरेका थिए । तर, उनको माग राष्ट्रपतिबाट अस्वीकार भएको थियो ।
उनलाई गत मंगलबारमात्र बंगलादेशमा पक्राउ गरिएको थियो । आरोप लागेलगत्तै उनी २५ वर्षसम्म भूमिगत रहेका थिए ।
रहमान बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका बुबा हुन् । उनी बंगलादेशमा भएको सन् १९७५ को सैन्य कूमा मारिएका थिए । पाकिस्तानबाट स्वतन्त्र भएर बंगलादेश छुट्टै देश बनेको चार वर्षमा नै उनको हत्या भएको थियो ।
सन् १९९६ मा हसिना प्रधानमन्त्रीमा निर्वाचित भएपछि मजेद भागेर भारत पुगेको विश्वास गरिएको थियो । सन् १९९८ मा नै हसिनाको सरकारले एउटा कानुलाई उल्ट्याएर रहमानको हत्यारालाई फाँसी दिने कानुन पारित गरेको थियो ।
बंगलादेशको सर्वोच्च अदालतले यस विषयमा सन् २००९ मा फैसला सुनाएको थियो । तत्काल अन्य पाँच आरोपितहरुलाई फाँसी दिइएको थियो । गत महिना मजेद देशमा फर्किएपछि उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।