३ जना कोरोना संक्रमित भेटिएको वीरगन्जको छपकैया क्षेत्र शिलबन्दी

वीरगन्ज– तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि वीरगन्ज महानगरपालिका वडा नं २ को छपकैया र आसपासका क्षेत्रलाई प्रदेश २ सरकारले शिलबन्दी गर्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले पनि यो क्षेत्रलाई शिलबन्दी गर्नु पर्ने निर्णय गरेको थियो ।

कोभिड १९ संक्रमण थप अरुमा नफैलिओस् भन्नका लागि यो क्षेत्र शिलबन्दी गर्न लागिएको हो । योसँगै अब छपकैयाका वडा १६, २, १ र ३ का सीमाबाट उक्त क्षेत्रलाई शिलबन्दी गरिने जनाइएको छ । 

योसँगसँगै आज कोरोनाभाइरस संक्रमण पुष्टि भएका तीन जनाको सम्पर्कमा आएका व्यक्तिहरुको पनि ट्र्याकिङ सुरु गरिएको छ ।

यी तीनजनाको परीक्षण पहिले हेटौंडामा गरिएको थियो । र, निश्चित हुनका लागि उनीहरको स्वाब पुनः परीक्षणका लागि शनिबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

अहिलेसम्म यी तीन जना नेपाल कसरी आए र उनीहरुले योबीचमा अरु कोकसलाई भेटेका छन् भन्ने एकिन हुन सकेको छैन । प्रशासनले यसबारे खोजी सुरु गरिसकेको छ ।





  • प्रकाशित मिति : चैत ३०, २०७६ आइतबार १९:४९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया