धादिङको क्वारेन्टाइनबाट ५७ जना घर फर्किए

धादिङ– धादिङको क्वारेन्टाइनाबाट ५७ जना घर फर्किएका छन् । कोरोनाभाइरस संक्रमण फैलिन नदिन धादिङमा विदेशबाट आएका र अन्य आशंका गरिएका संक्रमितलाई क्वारेन्टाइनमा राखिएको छ । 

धादिङमा मात्र पछिल्लो सय ५ सयभन्दा बढी विदेशबाट आएको अनुमान गरिएको छ । तीमध्ये ९३ जनालाई त्यहाँको क्वारेन्टाइनमा राखिएको थियो । यीमध्ये ५७ जना घर फर्किएका हुन् ।

अब बाँकी ३६ जनामा कोही घरमै क्वारेन्टाइनमा बसिरहेका पनि छन् । 

अन्य जिल्लामा क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेस्ट गर्ने गरिए पनि धादिङमा चाहिँ १४ दिने क्वारेन्टाइनपछि उनीहरुलाई कुनै टेस्ट नगरी घर पठाइएको छ । त्यहाँबाट एक जनाको स्वाब परीक्षणका लागि टेकु पठाइएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बसेका अरुमा पनि कुनै जटिल समस्या नदेखिएको अधिकारीहरुले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : चैत ३०, २०७६ आइतबार २१:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया