कोरोना संक्रमण पहिचानका लागि ५२ जिल्लामा र्यापिड टेस्ट किटबाट परीक्षण सुरु

काठमाडौं– कोरोना भाइरस संक्रमण पहिचानका लागि ५२ जिल्लामा र्यापिड टेस्ट किटबाट परीक्षण सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५२ जिल्लामा र्यापिड टेस्ट किटबाट परीक्षण सुरु भइसकेको जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै पिसिआर मेसिनबाट हालसम्म देशैभर पाँच हजार ६ सय ९१ जनाको कोरोना भाइरस परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभर हालसम्म सात हजार १६६ जना क्वारेन्टाइनमा छन् ।’ 

‘देशैभरका आइसोलेसनमा १०३ जना छन्, उनले भने, ‘जसमा उपत्यकाबाहिर ९४ जना र उपत्यकाभित्र ९ जना छन् ।’ शनिबार कोरोना संक्रमण देखिएका ३ जनाका सम्पर्कमा आएका २८ जनालाई कोरोना भाइरसको परीक्षण भइरहेको छ ।

मन्त्रालयका अनुसार हालससम्म र्‍यापिड टेस्ट किट र पिसिआर विधिबाट कोरोना भाइरसको आशंकामा १० हजार ९ सय ८२ वटा टेस्ट भइसकेको छ । नेपालमा हालसम्म १४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख १, २०७७ साेमबार १८:२४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया