काठमाडौं– पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोनाभाइरस (कोभिड १९) को ¥यापिड टेस्ट सुरु भएको छ । बुधबार विहानबाट त्यहाँ बस्ने सबै जनाको लागि ¥यापिड टेस्ट सुरु भएको हो ।
त्यहाँ बेलायतबाट आएका एकै परिवारका दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि यो टेस्ट गर्न थालिएको हो ।
अहिले सनसिटी अपार्टमेन्टमा २ सय ६० परिवार बस्दै आएका छन् । ब्लक एमा बस्ने परिवारमा कोरोनाभाइरस संक्रमण देखिएपछि त्यही ब्लकका कम्तिमा पनि २ सय ४२ जनाको आजा र्यापिड टेस्ट गरिने जनाइएको छ ।
सनसिटीका अन्य ब्लकमा पनि अब विस्तारै परीक्षण गरिने जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।