आइपिएल अनिश्चितकालका लागि स्थगित

काठमाडौं– भारत सरकारले लकडाउन अवधि बढाएपछि अप्रिल १५ बाट हुने तय भएको इन्डियन प्रिमियर लिग (आइपिएल) स्थगित भएको छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआइले लकडाउन लम्बिएपछि आइपिएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउन अवधि मे ३ सम्मका लागि थपिएको बताएका थिए । 

भारत सरकारले मे ३ सम्मका लागि लकडाउनको समय बढाएपछि निर्धारित समयमा आइपीएल हुने सम्भावना टरेको हो ।





  • प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार १२:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया