र्यापिड टेष्टमा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न सकिन्न : स्वास्थ्य मन्त्रालय

काठमाडौं– सरकारले हाल नेपालमा भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरु कोरोना संक्रमित भेटिएको क्षेत्रमा रहेको व्यक्तिहरुको र्यापिड डायग्नोस्टिक किट (आरडिटी) परीक्षणलाई तीव्र बनाएको छ । तर, यस्तो परीक्षणमा नेगेटिभ रिपोर्ट आउँदैमा ढुक्क हुने स्थिति भने छैन । 

स्वयं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कुरा स्वीकार गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो परीक्षणमा नेगेटिभ रिपोर्ट आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने  बताएको हो ।

स्वास्थ्य मन्त्रालयले आरडिटी विधिबाट परीक्षण गर्दा नेगेटिभ रिजल्ट आएको, तर निजको कोरोना संक्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको एक हप्ता पुगेको छैन भने एक हप्तापछि पुनः आरडिटी गराउनुपर्ने बताएको छ । संक्रमित व्यक्तिको संसर्गमा रहेकाहरुको आरटी पिसिआर विधिबाट परीक्षण गर्नुपर्ने छ ।





  • प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार १७:१३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया