मिडियामार्फत बालबालिकालाई पढाउने सरकारको तयारी

काठमाडौं– कोरोना त्रासका कारण लकडाउन लम्बिएपछि बालबालिका विद्यायलमा उपस्थित भएर अध्ययन गर्न सक्ने अवस्था नभएपछि सरकारले मिडियामार्फत बालबालिकालाई पढाउने तयारी गरेको छ । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विभिन्न मिडिया प्रयोग गरेर कक्षा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएका छन् । बन्दाबन्दीकै अवस्थामा कसरी पठनपाठनलाई अगाडि बढाउन सकिन्छ भनेर तयारी भइरहेको उनले बताए । 

कक्षा ९ र १० को पठनपाठन मिडियामर्फत भइरहेको जानकारी गराउँदै उनले कक्षा १ देखि ८ का लागि पाठ्यक्रम विकास केन्द्रसँग साझेदारीमा सामग्री उत्पादन पनि भएको बताएका छन् । मन्त्रालयले टेलिभिजन एसोसिएसन र केबुल एसोसिएसनसँग समेत यसबारे छलफल गरेको छ । 

मन्त्री पोखरेलका अनुासर टेलिभिजनको सुविधा नभएका ठाउँमा सामुदायिक रेडियोबाट पनि पठनपाठनको काम गर्नेबारे तयारी भइरहेको छ । 

बिहीबार मन्त्री पोखरेलले प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग पठनपाठनको विषयमा भिडिओ कन्फरेन्सबाट कुराकानी गरेका थिए । सो क्रममा प्रदेशका मन्त्रीहरुले शिक्षालाई प्रविधिमैत्री बनाउने र अनलाइन शिक्षाको विकासमा जोड दिएका थिए ।





  • प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार १७:४४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया