डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर स्वर्ण महोत्सव मनाउने नेविसंघको तयारी

काठमाडौं– वैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भएको ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गर्दै छ । नेपाल विद्यार्थी संघले आफ्नो स्थापनाको स्वर्ण महोत्सव फरक ढंगले मनाउने भएको छ । 

नेविसंघले डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर स्वर्ण महोत्सव मनाउने भएको छ । संघका अध्यक्ष राजीव ढुंगानाले जिल्ला समिति र क्याम्पस इकाईका नाममा बिहीबार एक सर्कुलर जारी गर्दै यस्तो निर्देशन गरेका हुन् ।

कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थी समस्यामा रहेको भन्दै नेविसंघले उीहरुलाई सहयोग गर्ने भएको हो । अध्यक्ष ढुंगानाद्वारा जारी सर्कुलरमा सामाजिक सन्जालमार्फत कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्नेलगायत निर्देशन दिइएको छ । 





  • प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार १८:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया