बेलायतबाट आएका चितवनका दुई जनामा कोरोनाभाइरस संक्रमण, थप परीक्षणका लागि स्वाब काठमाडौं पठाइयो

भरतपुर– भरतपुरमा कोरोनाभाइरस संक्रमणको आशंकामा पिसिआर परीक्षण गर्दा दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । थप पुष्टिका लागि उनीहरुको स्वाब काठमाडौं पठाइएको छ । 

भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा बिहिबार पिसिआर विधिबाट यो परीक्षण गरिएको थियो ।

भरतपुर अस्पतालका एक अधिकारीले फरकधारलाई बताएअनुसार उनीहरुको ¥यापिड परीक्षणमा पनि कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।

उनीहरु ५ चैतमा बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए । यी दुवै जना पूर्वी चितवनका हुन् । 





  • प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार १२:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया