काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमा श्रम गरिरहेकाहरु लकडाउनपछि खाने बस्ने ठाउँ नहुँदा सयौँ किलोमिटर पैदल हिँडेर गाउँतर्फ गएको भन्दै सरकार त्यसको दर्शक मात्र बनेर बसेको आरोप लगाएका छन् ।
शुक्रबार ट्विटरमार्फत देउवाले यसरी सरकार निमुखाको त्यो यात्राको दर्शक मात्र हुन नमिल्ने बताएका हुन् । उनले काठमाडौंबाट घरतर्फ हिँडेका नागरिकलाई सुरक्षित रुपले गाउँ पुर्याउने व्यवस्था मिलाउन आग्रह पनि गरेका छन् ।
लकडाउन लम्बिएपछि काठमाडौंबाट सयौं सर्वसाधारण पैदलै हिँडेर आफ्नो गाउँतर्फ गइरहेका छन् । प्रहरीले यसरी यात्रा गर्नेहरुलाई रोकेर जहाँबाट हिँडेको त्यहीँ फर्काउने गरेको छ ।
देउवाले यसरी पैदल हिँडेर घर गइरहेका नागरिकहरुलाई आ–आफ्नो क्षेत्रमा खाना र रातिको समय भए वासको प्रवन्ध मिलाउन भन्दै कांग्रेसका स्थानीय तह र पार्टीका भातृ तथा सुभेच्छुक संस्थाहरुलाई आग्रह गरेका छन् ।
1/2 काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका छन्।सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो।तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन।
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 17, 2020
2/2 राजधानीबाट घर जाने ति जनताहरुलाई तत्काल गासवासको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु।
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 17, 2020
लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर घर गइरहेका नागरिकहरुलाई नेपाली #कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा सुवेच्छुक संस्थाका साथिहरुले सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा #खाना र राती भए #वासको प्रवन्ध मिलाउन आग्रह गर्दछु।
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 17, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।