वीरगञ्ज– पर्साको छिपहरमाई गाउँपालिकामा राहत वितरणका क्रममा ढुंगा हानाहान भएको छ । असन्तुष्ट पक्षको ढुंगा प्रहारबाट दुईजना घाइते भएका छन् ।
झलमैया टोलमा राहत वितरणको क्रममा विपन्नलाई राहत वितरणमा छुटाइएको भन्दै असन्तुष्ट पक्षले हानेको ढुंगाले लागेर स्थानीय विनोद साह र चन्द्रिका साह घाइते भएका हुन् ।
उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । अति विपन्न र विपन्न परिवारका कोही राहत वितरणमा छुटेको भए नाम पेस गर्न आग्रह गरेपछि स्थिति बिग्रन नपाएको प्रहरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।