ठूला देशसँग ऋण र ब्याज मिनाहाको पहल गर्न राप्रपाको आग्रह

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीले ठूला देशले सानादेशलाई दिएको ऋणको ब्याज मिनाहाको प्रस्ताव गर्न सरकारलाई सुझाब दिएको छ । 

राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीद्वारा जारी विज्ञप्तिमा नेपालले आफ्ना दातृनिकायलाई कुल ऋणमै ५० प्रतिशत मिनाहाको प्रयास गर्नुपर्ने उल्लेख गरेका छन् ।
 
‘अल्पविकसित र विकासोन्मुख राष्ट्रहरुले लिएको ऋणमा आगामी दुई वर्षसम्मको ब्याज मिनाहा गरिनुपर्दछ,’ राप्रपाको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल जस्तो अल्पविकसित राष्ट्रहरुले तिर्नुपर्ने कुल ऋणको कम्तीमा ५० प्रतिशत मिनाहा गरिनुपर्दछ ।’

राप्रपाले कोरोना भाईरसको प्रकोपबाट उत्पन्न आर्थिक मन्दीका कारण विदेशमा जागिरबाट निकालिएका र अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन पनि माग गर्दै स्वदेश ल्याएर उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न आग्रह गरेको छ । 

राप्रपाले महामारी फैलिएको महिनौँ भइसक्दा पनि स्वास्थ्य सामग्री र व्यक्तिगत सुरक्षा साधन अझै पर्याप्त मात्रामा आपूर्ति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । 

कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानी बाहेक  भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न पनि राप्रपाले माग गरेको छ । 

राप्रपाले संकटका वेला सबै पक्षको सहयोग र सुझाब लिन तथा सरकारको  कार्यबारे सबैलाई जानकारी दिन प्रत्येक तहमा सर्वदलीय संयन्त्र गठनको माग पनि गरेको छ ।  





  • प्रकाशित मिति : बैशाख ७, २०७७ आइतबार १७:५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया