निको भए कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक

कैलाली– कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय कोरोना संक्रमित युवक निको भएका छन् । धनगढीको सेती अस्पतालमा उपचाररत उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।

युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको हो । पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएको हो । 

चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा. जगदीश जोशीले बताए ।

उनी चैत ११ गते भारतबाट नेपाल फर्किएका थिए । अस्पताल जानुअघि ११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनलाई आइतबार नै घर फर्किन दिइने अस्पतालको भनाइ छ । 

नेपालमा हालसम्म भेटिएका ३१ जना कोरोना संक्रमितमध्ये उनी उपचारपछि निको भएका चौथो व्यक्ति हुन् । 





  • प्रकाशित मिति : बैशाख ७, २०७७ आइतबार १७:१६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया