धनगढी– कोरोनाभइरस संक्रमित कैलाली लम्कीचुहाका २१ वर्षीय युवाले पनि कोरोनाभाइरसलाई पराजित गर्दै निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी १६ दिनअघि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । लम्कीचुहा नगरपालिका १ प्रतापपुरका २१ वर्षीय युवाको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतलाले आइतबार दिउँसो डिस्चार्ज गरेको हो ।
‘आत्मबल घटेन भने कोरोना सन्चो हुन्छ, घट्न नदिनुस्,’ डिस्चार्ज भएपछि उनले भनेका छन्, ‘मलाई त ठिक हुन्छ भन्ने विश्वास पहिले नै थियो ।’
कोरोनाभाइरस संक्रमण भएको पुष्टि भए पनि उनलाई कुनै लक्षण देखिएको थिएन ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट ठिक भएर निस्किने उनी चौथों व्यक्ति हुन् । शनिबार काठमाडौंकी १९ वर्षीया युवती र बाग्लुङकी ६१ वर्षीया महिलाको पनि लगातार पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको थियो । त्यसअघि नै चीनबाट आएका एक युवा संक्रमणबाट मुक्त भएपछि घर फर्किइसकेका थिए ।
कैलालीका यी युवा चाहिँ भारतको मुम्बईबाट घर फर्किएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।