प्रधानमन्त्रीको आँखा र कान जचाउनु उपयुक्तः गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको आँखा र कान जचाउनु उपयुक्त हुने ठहर गरेका छन् । सोमबार दिउँसो सामाजिक सन्जाल ट्विटरमा एक ट्विट लेख्दै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिनअघि मात्र दिएको अन्तर्वार्तामा बाटोमा अहिले हिँडिरहेका मानिसहरुबारे सिडिओ र स्थानीय तहका प्रतिनिधिलाई पनि थाहा नभई पत्रकारलाई थाहा हुनु रहस्यमयी भएको बताएका थिए ।

प्रधानमन्त्रीको यही अभिव्यक्तिको सांसद थापाले विरोध गरेका हुन् । 

‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित, तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाजुकर्कश ध्वनिुठान्ने हो भने,’ थापाले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, आँखा र कान परीक्षण गराउन उपयुक्त होला !’





  • प्रकाशित मिति : बैशाख ८, २०७७ साेमबार १४:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया