बेलायतमा काेभिड १९ लाई जितेकाकाे रगत प्रत्यारोपण गरेर अन्य संक्रमितकाे उपचार गर्ने प्रयास

एजेन्सी– बेलायतमा कोरोनाभाइरस संक्रमणबाट ठिक भएका व्यक्तिहरुको रगत अन्य संक्रमितलाई दिएर कोभिड १९ को उपचार गर्ने तयारी सुरु भएको छ ।

एनएचएसको रगत तथा प्रत्यारोपण विभागले कोभिड १९ बाट ठिक भएका व्यक्तिहरुलाई रक्तदान गर्न अनुरोध गरिसकेको छ । उसले यो रगतबाट नै अन्य कोरोनाभइरस संक्रमितको उपचार गर्न सकिने विषयमा ट्रायल गर्न यो अनुरोध गरेको हो । 

कोरोनाभाइरस संक्रमित भएका व्यक्तिको रगतमा कोरोानभाइरसविरुद्धको एन्टीबडी भेटिने र त्यसले कोरोनासँग लड्न सहयोग गर्ने विश्वास आफूहरुले लिएको एनएचएसले जनाएको छ ।

यही प्रोजेक्ट केही अघि नै अमेरिकामा सुरु भइसकेको थियो । अहिले त्यहाँका १५ सय अस्पतालले संयुक्त रुपमा यसमा काम गरिरहेका छन् । 





  • प्रकाशित मिति : बैशाख ८, २०७७ साेमबार १४:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया