कोरोनाभाइरस परीक्षण समुदायस्तरमा विस्तार गरौँः देउवा
फाइल तस्वीर ।

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरसको परीक्षण समुदायस्तरमा समेत लैजानु पर्ने बताएका छन् । आइतबार एउटा अपिल जारी गर्दै देउवाले यस्तो अनुरोध गरेका हुन् । 

समुदायस्तरमा तीव्ररुपमा कोरोनाभाइरस परीक्षण गरिएमा मात्र यसमा जित निकाल्न सकिने देउवाले बताएका छन् । पर्याप्तरुपमा कोरोनाभाइरस परीक्षण गर्न सकेमात्र यो भाइरसविरुद्ध लड्न सकिने पनि उनले बताएका हुन् ।

पर्याप्त स्वास्थ्य सामग्री तथा राहतको पनि व्यवस्था गर्दै सरकारले यो अप्ठ्यारो परिस्थितिलाई सहज बनाउनु पर्ने उनले धारणा राखेका छन् ।

‘आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपील गर्दछु’ देउवाले भनेका छन्, ‘सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु ।’





  • प्रकाशित मिति : बैशाख ८, २०७७ साेमबार १४:५५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया