नियमित खोप कार्यक्रम सञ्चालन हुने

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण स्थगित भएको नियमित खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

वैशाख ५ गते मन्त्रिपरिषदले अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने निर्णय गरेको छ । सोसँगै स्थगित खोप कार्यक्रम पूर्ववत् सञ्चालन गर्न लागिएको हो ।

सरकारमातहतको स्वास्थ्य सेवा विभागले कोरोनाका कारण स्थगित नियमित खोप सेवा नियमित सञ्चालन हुने जनाएको छ ।

यसका लागि विभागले सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै नियमित खोप सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।





  • प्रकाशित मिति : बैशाख ८, २०७७ साेमबार १५:४९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया