स्पेनमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख नाघ्यो

एजेन्सी– कोरोनाभाइरस संक्रमणका कारण सबैभन्दा बढी प्रभावितमध्येको एक युरोपेली देश स्पेनमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख नाघेको छ । त्यहाँको मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार अब स्पेनमा २ लाख २ सय १० जना कोरोनभाइरस संक्रमित भएका छन् ।

पछिल्लो २४ घन्टामा स्पेनमा ४ सयभन्दा धेरैको मृत्यु कोभिड १९ का कारण भएको छ । अब त्यहाँ कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २० हजार ८ सय ५२ जना पुगेको छ । 

जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अमेरिकापछि सबैभन्दा धेरै संक्रमित अब स्पेनमा देखिएका छन् ।





  • प्रकाशित मिति : बैशाख ८, २०७७ साेमबार १८:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया