राष्ट्रपतिले जारी गरिन् केहीअघि मन्त्रिपरिषद्बाट सिफारिस दुई अध्यादेश
फाइल तस्वीर ।

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुई अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिअनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्ले सिफारिस गरेका दुई अध्यादेश जारी गरेका हुन् । 

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेका राजनीतिक दल विभाजन र संवैधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपछि भण्डारीले पारित गरेकी हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पार्टी विभाजनसम्बन्धी कानुनमा परिमार्जन गर्दै केन्द्रीय समिति र संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए पार्टी विभाजन गर्न पाउने र संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पािरत भएको थियो ।

अब यी अध्यादेश संसद अधिवेशन सुरु भएको ६० दिनभित्र संसदमा पनि बहुमतबाट पारित हुनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।





  • प्रकाशित मिति : बैशाख ८, २०७७ साेमबार १८:५६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया