बालिका बलात्कार आराेपमा ६८ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर — बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाका ६८ वर्षीय तारादत्त ओझा पक्राउ परेका छन् ।

उनलाई शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाटै नियन्त्रणमा लिएको हो ।

ओझाले वैशाख २ गते छिमेकी १५ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको प्रहरीले जनाएको छ । ओझालाई म्याद थपका लागि आइतबार जिल्ला अदालत पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलले बताए । नाताले ती वृद्ध बालिकाका फुपाजु हुन् ।

पीडित बालिकाका परिवारले घटनाबारे सोही दिन जानकारी पाएका थिए तर स्थानीयका अनुसार वृद्धले जमिन र पैसाको प्रलोभन देखाएर घटना ढाकछोप गर्न खोजेका थिए तर उक्त कुरा गाउँमा फैलिएपछि शनिबार मात्रै प्रहरीकहाँ पुगेको हो ।





  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार ०:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया