मलिंगा आइपिएल इतिहासकै सबैभन्दा राम्रा बलर

एजेन्सी– क्रिकेटको टी २० फम्र्याटमा श्रीलंकाका कप्तान लसिथ मलिंगाजस्ता बलर सायदै यसअघि अरु कोही देखिएका छन् । टी २० इन्टरनेसनलमा दुई पटक लगातार चार बलमा चार विकेट लिएका यी श्रीलंकाली बलर इन्डियन प्रिमियर लिग (आइपिएल)को इतिहासकै सबैभन्दा राम्रा बलर छानिएका छन् । 

मलिंगा आइपिएलमा मुम्बई इन्डियन्सबाट खेल्दै आएका छन् ।

स्टार स्पोर्ट्स कमेन्टर्स जुरीले मलिंगालाई यो खास उपाधि दिएको हो । यो जुरीमा केभिन पिटरसन, डिन जोन्स, म्याथ्यु हेडन, आकाश चोपडा, ग्रिम स्मिथलगायत छन् । यो उपाधिका लागि मलिंगासँगै भुवनेश्वर कुमार, आशिष नेहरा, आर अश्विन, अमित मिश्रा, इमरान ताहिर, डेल स्टेन, जसप्रित बुमराहको पनि नाम आएको थियो ।

यी सबैलाई मलिंगाले पछाडि पारेर उपाधि आफ्नो नाममा पारेका हुन् ।





  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार ८:३५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया