प्लाज्मा थेरापीबाट कोरोनाभाइरस संक्रमित ठिक भएको भारतको दाबी

काठमाडौं– पछिल्लो समय कोरोनाभाइरस कारण विश्व त्रसित बनेको छ । अनि कोरोनाभाइरसको औषधी पत्ता लगाउन पनि वैज्ञानिकहरु जुटिरहेका छन् । 

यहीबीच विभिन्न किसिमका प्रयोग पनि गरिएका छन् ।

त्यस्ता प्रयोगमध्ये भारतबाट एउटा राहत दिने खालको समाचार आएको छ । भारतीय मिडिया नवभारतटाइम्सडटकममा प्रकाशित समाचार अनुसार त्यहाँ प्लाज्मा थेरापी विधिबाट एक ४९ वर्षका कोरोनाभाइरस संक्रमित ठिक भएका छन् । उनका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएको भन्दै भारतले यस्तो दाबी गरेको हो ।

दिल्लीको एक प्राइभेट अस्पतालले ४ अप्रिलमा कोरोनाभाइरस संक्रमित देखिएका यी युवा अस्पतालमा भर्ना भएपछि निकै गम्भीर भएको बताएको छ । उनलाई भेन्टिलेटरमा पनि राखिएको पनि अस्पतालले जनाएको छ । दिल्लीको म्याक्स अस्पतालले त्यसपछि यी युवामा प्लाज्मा थेरापी सुरु गरेको थियो । प्लाज्मा थेरापी अर्थात् पहिले संक्रमणबाट ठिक भएका व्यक्तिको रगत अर्को संक्रमितको उपचारका लागि प्रयोग गर्नु ।

अब त उनलाई भेन्टिलेटरबाट हटाइएको मात्र होइन, उनका दुई पछिल्ला कोरोनाभाइरसका रिपोर्ट नेगेटिभ समेत आएको यो अस्पतालले दाबी गरेको छ । उनलाई १४ अप्रिलमा नयाँ प्लाज्मा दिइएको अस्पतालले दाबी गरेको छ । 





  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार १:३२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया