उदयपुरमा थप आठ जनामा कोरोनाभाइरस संक्रमण, थप परीक्षण गरिने

उदयपुर– उदयपुरको भुल्केमा रहेको मस्जिदमा केही दिनअघि १३ जना कोरोनाभाइरस संक्रमित भेटिएका थिए । मस्जिद र ती १३ जनाको सम्पर्कमा आएका अन्य ८ जनामा पनि अब कोरोनाभाइरस संक्रमण देखिएको छ । 

विराटनगरमा रहेको कोसी अस्पतालमा भएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोनाभाइरस संक्रमण देखिएको हो । कोसी अस्पतालमा उनीहरुमा  कोभिड १९ देखिए पनि अर्को परीक्षण गर्ने तयारी भएको छ । त्यो परीक्षण धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिँदैछ । यसका लागि उनीहरुको स्वाब त्यहाँ पठाइसकिएको अधिकारीहरुले जनाएका छन् । 

भुल्केस्थित यो मस्जिदमा गत शुक्रबार १२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । केही दिनमा त्यहाँ रहेका अन्यमा पनि कोरोनाभाइरस संक्रमण देखिएको थियो । उनीहरुसँग सम्पर्कमा आएका ६९ जनाको गरिएको स्वाब परीक्षणमा थप ८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

यसअघि कोरोनाभाइरस संक्रमण देखिएका अन्यको उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार १३:३६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया