सत्ता–शक्ति र आर्थिक चलखेलको आडमा पार्टी फुटाउने षड्यन्त्र : समाजवादी पार्टी

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले भखैरै ल्याएको दुई अध्यादेश लोकतन्त्र र संविधानको मर्म प्रतिकूल भएको बताएका छन् । मंगलबार विज्ञप्ति प्रकाशन गर्दै उनले अध्यक्ष यादवले सत्ता–शक्ति र आर्थिक चलखेलको आडमा पार्टी फुटाउने षड्यन्त्रसहित सो अध्यादेश ल्याइएको आरोप लगाएका हुन् । 

अध्यादेशले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने दाबी गर्दै अध्यक्ष यादवले देश र जनताको हितविरुद्ध रहेको उक्त विधेयकलाई सरकारले फिर्ता लिनुपर्ने माग गरेका छन् । 

‘यसले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने पक्का छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सिंगो मुलुकलाई नै द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने निश्चित छ ।’ 

कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्नुपर्ने वेलामा लोकतन्त्र र राष्ट्रिय हितविपरीत सरकारले चालेको गैरलोकतान्त्रिक कदमविरुद्ध एकताबद्ध हुन समाजवादी पार्टीले आमजनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरुसँग अपिल गरेको छ ।

त्यस्तै अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने वेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण भएको बताएक छन् ।



ट्विटरमार्फ आक्रोश पोख्दै उनले लेखेका छन्– जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्त्रविरूद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !



  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार १४:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया