बाबुराम भट्टराईले भने– ओलीलाई बिदा गरौँ, ओलीतन्त्र अन्त्य गरौँ

काठमाडौं– सोमबार मन्त्रिपरिषद्बाट दुई अध्यादेश सिफारिस गरेर राष्ट्रपतिबाट जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वत्र आलोचना हुन थालेको छ ।
सर्वसाधरण र विपक्षी दलका नेताले मात्र हो

इन, यी अध्यादेशको नेपाल कम्युनिस्ट पार्टीकै केही नेताहरुले पनि विरोध गरिरहेका छन् । 

यसको विरोधमा पछिल्लो समय खरो भएर देखिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ।

भट्टराईले मंगलबार साँझ ट्विटमा ओलीतन्त्रको अन्त्य गर्नु पर्ने समेत लेखेका छन् । उनले लेखेका छन्, ‘कोरोनापीडित आमजनता र लकडाउनरभोकपीडित श्रमिकलाई औषघी, खाना र राहत सट्टा उल्टै पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अव बिदा गर्नुको विकल्प छैन । दलीय घेराभन्दामाथि उठौं !ओलीतन्त्रको अन्त्य गरैौं ! लोकतन्त्रको रक्षा गरौं !’





  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार १९:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया