बाजुरा– कारोनाभाइरसको र्यापिड टेस्ट गर्दा बाजुरामा एक जनामा पोजेटिभ देखिएको छ । उनलाई तीन पटकसम्म र्यापिड टेस्ट गरिएको थियो ।
उनलाई कोरोनाभाइरस संक्रमण भएको आशंका भएपछि आइसोलेसन कक्षमा राखिएको छ । उनी १८ वर्षकी युवती हुन् ।
अब उनको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि धनगढी पठाउने भइएको छ ।
यही ठाउँमा पहिले भारतबाट आएका दुई जनामा पनि कोरोनाभाइरस संक्रमण देखिएको थियो । यसअघि भोजपुरमा पनि आजै र्यापिड टेस्टमा एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।