उदयपुर जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय

मोरङ– उदयपुरको भुल्केमा रहेको मस्जिदमा रहेका व्यक्ति र उनीहरुको सम्पर्कमा आएका विभिन्न व्यक्ति गरि मंगलबार मात्र ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि प्रदेश सरकारले पूरै जिल्लालाई चारैतिरबाट सिल गर्ने निर्णय गरेको छ । अब अन्य जिल्लामा उदयपुरबाट कोरोनाभाइरस संक्रमण नफैलिओस् भनेर यस्तो निर्णय गरिएको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाबाट अन्यत्र भाइरस नफैलिओस् भनेर यस्तो निर्णय गरिएको बताएका छन् ।

अहिले जिल्लामा कडा लकडाउन पनि गरिएको छ । अब स्थानीय प्रशासनले जिल्लाई पूर्ण रुपमा सिल गर्ने तयारी गरेको छ ।

पछिल्लो समय त्यहाँको मस्जिद वरपर स्थानीय त्रसित बनेका छन् । 

उदयपुरमा मात्र नेपालमा भेटिएका ४२ जना संक्रमितमध्ये २४ जना भेटिएका छन् । 





  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार १९:५५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया