पश्चिम नवलपरासीमा पनि एक जनामा आरडिटी पाेजेटिभ

परासी — र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा पश्चिम नवलपरासीमा एक जनामा पोजिटिभ देखिएको छ ।

बुधबार बर्दघाटका ७८ वर्षीय वृद्धलाई पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए ।

एन्टिबडी पोजिटिभ देखिएपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि भैरहवा पठाइएको पृथ्वी चन्द्र अस्पतालका डा. मोहम्मद नुरुल होदाले बताए । उनको नमुना परीक्षणको रिपोर्ट के आउँछ त्यसैको आधारमा उनलाई आइसोलेसनमा पठाउने वा क्वारेन्टाइनमा राख्ने टुङ्गो लाग्ने उनले बताए ।

ती वृद्धका परिवारका सबै सदस्यको एन्टिबडी नेगेटिभ आएको छ । बर्दघाटमै उनको दुई पटक आरडीटी टेष्ट गर्दा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ढकालले बताए ।





  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार २३:२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया