जाजरकाेटवासीलाईआयआर्जनको मुख्य आधार बन्दै आएको यार्सागुम्बाकाे संकलन कार्य यो वर्ष रोकिने भएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय डोल्पाको अगुवाइमा बसेको विपत् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले विषम परिस्थितिमा यार्सागुम्बा संकलन कार्य रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।
उनका अनुसार जिल्लाका अधिकांश जनप्रतिनिधिको उपस्थितिमा यो निर्णय गर्नुका साथै कोरोना त्रासका कारण बढेको लकडाउनलाई अझै व्यवस्थित बनाउने निर्णय गरेको छ । स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइन र आइसोलेसनको समीक्षासमेत भएको छ ।
राहत प्याकेजलाई व्यवस्थित रूपमा वितरण गर्न सबै जनप्रतिनिधि र सरकारी अधिकारी तीव्र भएर लाग्ने सुनारले जानकारी दिए ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा, ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाही, काइके गाउँपालिका अध्यक्ष अंकत रानामगर, त्रिपुरासुन्दरीका नगरप्रमुख ओम बुढालगायतका स्थानीय सरकारका प्रमुखहरूको सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।