चितवनमा मस्जिदमा बसेका ५४ जनालाई प्रशासनले क्वारेन्टाइनमा पठायाे

चितवन– चितवनको विभिन्न मदरसा र मस्जिदहरुमा लुकेर बसिरहेका मुस्लिम धर्मावलम्बीलाई चितवन प्रशासनले मंंगलबार क्वारेन्टाइनमा राखेको छ ।

भरतपुर महानगरपालिका १६ शरणपुर भनझनेमा रहेको अलि मियाँ व्यल फियर ट्रष्ट अन्तर्गत सञ्चालित मस्जिद मदरसामा रहेका ५४ जनालाई चितवन प्रहरीको भ्यानमा राखी प्रशासनले क्वारेन्टाइनमा पठाएको हो ।

भरतपुर महानगरपालिका २ र ३, माडी नगरपालिका र पुर्वी चितवनका मस्जिदमा रहेका पाकिस्तानी, भारतीय र नेपाली मुस्लिमहरुलाई क्वारेन्टाईनमा लगिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताएका छन् ।

उनीहरुलाई बाहिर हिंड्न नपाउने गरी खानपान र सुरक्षाको व्यवस्थासहित क्वारेन्टाईन अवधिभर त्यहाँ राखिने शर्माको भनाई छ । मस्जिदमा लुकेर बसेकाहरुबाट संक्रमणको जोखिम हुने भएकाले उनीहरुलाई पहिचान गरी नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राख्न लागिएको प्रशासनको भनाई छ ।





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार १:२६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया