दुई महिनाका लागि ग्रिनकार्ड बन्द गर्ने ट्रम्पको घोषणा

काठमाडौं– सुरुदेखि नै आप्रवासीप्रति अनुदार देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनका लागि अमेरिकामा स्थायी बसोवासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम बन्द गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले यसअघि पनि ट्विट गरेर आप्रवासीलाई अमेरिका आउन रोक लगाउने बताएका थिए । विश्वभर फैलिएको कोरोना संक्रमणपछि ट्रम्पले त्यसलाई मूर्तरुप दिन लागेका हुन् । 

उनले अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागू यो आदेश लागू नहुने प्रष्ट पारेका छन् ।  ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागू हुन्छ,’ मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागू हुँदैन ।

उनले यो अवधि अझै लम्बिन सक्ने पनि बताएका छन् । नयाँ आप्रवासीमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने कुरा अमेरिकी अर्थ व्यवस्थामा निर्भर पर्ने उललेख गर्दै उनले भनेका छन्, ‘यदि आवश्यक परेमा यसलाई ३० दिनका लागि या त्योभन्दा पनि धेरै समयसम्म बढाउन पनि सकिन्छ ।’

ट्रम्पले भने, ‘अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउनका लागि कार्यकारी आदेश जारी हुँदैछ । भोलिसम्ममा तयार भएर हस्ताक्षरका लागि आउने छ । यो आदेश कठोर हुनेछ ।’

अमेरिककाको पहिलो प्राथमिकता आफ्नै देशका बासिन्दाको रोजगारी रक्षा गर्नु भएको भन्दै उनले त्यसका लागि आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको बताए ।
 





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार ९:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया