कोरोना त्रासका कारण यो वर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय

डोल्पा– कोरोना भाइरस संक्रमण फैलिने त्रासका कारण यो वर्ष यार्सागुम्बा संकलनमा रोक लाग्ने भएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाको अगुवाइमा बसेको विपद्‌ व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

यार्सागुम्बा संकलन हिमाली क्षेत्रका वासिन्दाका आर्यआर्जनको मुख्य आधार बन्दै आएको थियो । तर, यस वर्ष विषम परिस्थिति निम्तिएकाले यार्सागुम्बा संकलन कार्य रोक्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । 

सुनारका अनुसार जिल्लाका अधिकांश जनप्रतिनिधिको उपस्थितिमा यो निर्णय भएको हो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा, ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाही, काइके गाउँपालिका अध्यक्ष अंकत राना मगर, त्रिपुरासुन्दरीका नगरप्रमुख ओम बुढा लगायतका स्थानीय सरकार प्रमुखहरु सहभागी थिए ।

बैठकले कोरोना त्रासका कारण बढेको ‘लक डाउन’लाई अझै व्यवस्थित रुपमा बनाएर लैजाने, राहत प्याकेजलाई व्यवस्थित रुपमा वितरण गर्न जनप्रतिनिधि र सरकारी अधिकारीले थप पहल गर्नेलगायत निर्णय भएको छ । 





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार ९:५२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया