क्वारेन्टाइनबाट भागेका ३ जना पक्राउ

नवलपरासी– कावासोतीको क्वारेन्टाइनबाट भागेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कुमारी निजी शैक्षिक गुठीको क्वारेन्टाइनमा रहेका तीन जना मंगलबार विहान भागेका थिए । उनीहरुलाई राति २ बजे कोइलापानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई पक्राउ गरेर फेरि क्वारेन्टाइनमा राखिएको छ । 

भारतको लुधियानाबाट कावासोतीमा आएका युवा र उनको सम्पर्कमा आएका दुई जनालाई प्रहरीले क्वारेन्टाइनमा राखेको थियो । तर, उनीहरु अचानक फरार भएका थिए । अब उनीहरुलाई प्रहरीको निगरानीमा राखिने भएको छ ।





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार १४:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया