राजपा र समाजवादीबीच भोलि नै एकता घोषणा गर्ने तयारी, छलफल जारी

काठमाडौं– समाजवादी पार्टी र राजपा नेपालबीच आजै एकताको निक्र्योल हुने सम्भावना बढेको छ । अहिले पनि यी दुई पार्टीका शीर्ष नेताहरुबीच छलफल जारी रहेको स्रोतले फरकधारलाई बताएको छ । 

उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र राजपाबीच भोलि नै एकता घोषणा हुनसक्ने सम्भावना बढेको स्रोतको दाबी  छ । 

अहिले अबेर राति पनि यी दुई पार्टीका केही नेताहरुबीच छलफल जारी रहेको समाजवादी पार्टीकै एक नेताले जानकारी दिएका छन् । एकताका लागि यी दुई पार्टीबीच सबै कुरामा सहमति जुटिसकेको उनको दाबी छ । 

समाजवादी पार्टीमा केही नेताहरुले पार्टी फुटाउने तयारी गरिरहँदा यो एकता प्रक्रिया अझ छिटो हुन लागेको फरकधारको सम्पर्कमा आएका ती नेताको दाबी छ ।

समाजवादी पार्टी फुटाउनकै लागि  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको आरोप समाजवादी पार्टीकै नेताहरुले लगाएका छन् । 

एकता घोषणा भोलि गर्ने र निर्वाचन आयोगमा दर्ता गराउने यी दुई दलका नेताहरुको तयारी रहेको छ ।





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार २३:१६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया