विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस ऐडहेनम गेब्रियेसोसले संगठनले ठिक समयमा नै कोरोनभाइरसबारे चेतावनी विश्वका देशहरुलाई दिएको दाबी गरेका छन् । बारम्बार उनीमाथि अमेरिकाले दबाब दिन थालेपछि उनले यस्तो बताएका हुन् ।
‘पछाडि फर्किएर हेर्ने हो भने प्रष्ट हुन्छ,’ उनले भनेका छन्, ‘हामीले सही समयमा नै आपतकालको घोषणा गरेका थियाँै । र विश्वलाई पर्याप्त समय थियो ।’
उनले विश्व स्वास्थ्य संगठनले चेतावनी दिने समयमा विश्वभर जम्मा ८२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको र एक जनाको पनि मृत्यु नभएको पनि स्मरण गराएका छन् ।
बुधबार दैनिक संगठनले गर्ने बिफ्रिङमा उनले आफूलाई अमेरिकी नेताहरुले बारम्बार फोन गरेर राजीनामा दिन दबाब दिएको पनि बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त संगठन चीन परस्त भएको आरोप लगाउँदै संगठनलाई दिँदै आएको सहयोग रकम नै रोकिदिएका छन् ।
तर, के टेड्रोसले राजीनामा देलान् त ?
उनले यस विषयमा पनि बोलेका छन् ।
‘म संसारभरका मानिसको जीवन बचाउनका लागि रात दिन काम गर्नेछु,’ उनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।