ट्रम्पले ग्रिन कार्ड स्थगन गर्ने निर्णयमा हस्ताक्षर गरे

वासिङटन— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै घोषणा गरेको आप्रवासीलाई अब अमेरिका छिर्न नदिने र ग्रिनकार्ड तथा अस्थायी भिसा स्थगन गर्ने निर्णयमा हस्ताक्षर गरेको बताएका छन् । 

ह्वाइटहाउसमा कोरोनाभाइरसबारे भएको बिफ्रिङमा उनले भनेका छन्, ‘म यहाँ आउनुभन्दा अगाडि कोठामा त्यही हस्ताक्षर गरेको आएको हुँ ।’

यो निर्णयले बेरोजगार भएका अमेरिकीहरुलाई ठूलो राहत मिल्ने विश्वास लिएको पनि उनले जनाएका छन् । 

‘यसले अमेरिकीलाई नै सहयोग गर्छ,’ उनले भने, ‘यो सही समयमा आएको छ ।’

यही बिफ्रिङमा ट्रम्पले विस्तारै अमेरिका खुल्न लागेकोमा आफूलाई खुसी लागेको पनि बताएका छन् । ‘म सबै अमेरिकीलाई हामीले निकालेका गाइडलाइन फलो गर्न अनुरोध गर्छु,’ उनले भनेका छन्, ‘र, केही राज्यहरु अब विस्तारै खुल्न लागेका छन्, यो सुन्दर कुरा हो, यसले खुसी बनाएको छ ।’

केही दिन यता नियमित रुपमा यस्ता बिफ्रिङमा चीन र विश्व स्वास्थ्य संगठनको आलोचना गर्दै आएका ट्रम्पले आज भने यसबारे केही बोलेनन् ।





  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार ५:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया