काठमाडौं– यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा जनकपुरबाट अपहरणमा परेका भनिएका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवले अपहरणको घेरा तोडेको समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वद्विप पाण्डेले बताएका छन् ।
पाण्डेले नै सुरुमा यादव अपहरणमा परेको दाबी गर्दै सामाजिक सन्जालमा राखेका थिए ।
समाजवादी पार्टी फुटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा यस्तो भएको आरोप उनले लगाएका थिए ।
अब डा. यादवले अपहरणको घेरा तोडेको र आफू लिन जानेको उनले बताएका छन् । सामाजिक सन्जाल फेसबुकमा उनले यस्तो स्टाटस राखेका हुन् ।
उनका अनुसार यादवले पिएसओलाई पनि झुक्याएर अपहरणको घेरा तोडेका हुन् । अब उनलाई सुरक्षित ठाउँमा राख्न आफू जान लागेको उनले दाबी गरेका छन् ।
गत सोमबार आएको दल विभाजनसम्बन्धी अध्यादेशले दलहरु फुटाउन सजिलो बनाएको र समाजवादी पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीका केही नेता होटल मेरियटमा राखेको पनि पाण्डेको आरोप छ ।
उनले डा यादवलाई भेटेकाे तस्वीर पनि फेसबुकमा राखेका छन् । त्यसमा उनले डा यादवले हिजाेदेखिका सबै घटना बेलिबिस्तार लगाएर सुनाएकाे बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।