जनता समाजवादी पार्टीमा महन्थ ठाकुर पछि बाबुराम भट्टराई, अन्य नेताबारे निर्णय हुन बाँकी

काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच बुधबार मध्याराति एकीकरणका लागि भएको सम्झौताअनुसार अब अन्य विषयमा पनि छलफल हुन थालेको छ । 

यसबीच यो पार्टीमा अब सर्वोच्च नेता राजपाका महन्थ ठाकुर हुने भएका छन् । हिजो भएको बैठकमा नै यस विषयमा टुङ्गो लागेको एक नेताले फरकधारलाई बताएका छन् ।

जनता समाजवादी पार्टीमा ठाकुर पछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको मर्यादाक्रम राख्ने पनि सहमति भएको छ । तर, यी दुवै अध्यक्ष हुने वा के पद बाँडफाँड कसरी गर्ने भन्ने टुङ्गो अहिलेसम्म नलागेको ती नेताले बताएका छन् । 

राजपा अध्यक्षमण्डल प्रणालीबाट आएको र समाजवादी पार्टीमा पनि दुई अध्यक्ष रहेकाले यसबारे थप छलफल हुन बाँकी रहेको ती नेताले बताएका छन् । 

अर्कोतिर समाजवादी पार्टीबाट अलग हुने निर्णय गरेका सांसदहरुलाई समाजवादीका अध्यक्ष उपेन्द्र यादव र भट्टराई तारन्तार फोन गरेर पार्टीमा सम्मानजनक पद दिने भन्दै नछुट्टिन आग्रह गरेको ती नेताले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार ९:२५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया