अमेरिका रुष्ट भएपछि डब्ल्युएचओलाई चीनको थप ३ करोड डलर सहयोग

एजेन्सी– कोरोनाभाइरसले विश्वमा उत्पन्न परिस्थिति एक ठाउँमा छ । अर्को ठाउँमा विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीन एकअर्कासँग प्रतिस्पर्धामा उत्रिएका छन् । अनि यही राजनीतिक प्रतिस्पर्धामा तारो बनेको छ, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ।

केहीअघि कोरोनाले देशमा महामारीको रुप लिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्युएचओलाई आरोप लगाए– ऊ चीनपरस्त भएको छ, सही सूचना समयमा दिइरहेको छैन ।

यही आरोप लगाउँदै अमेरिकाले डब्ल्युएचओर्ला दिँदै आएको सहयोग रकम पनि रोक्ने भएको छ । 

तर, यहीबीच चीनले अर्को ठूलो घोषणा गरेको छ जसले विश्व राजनीति फेरि एकपटक तरंगित हुने निश्चित छ । चीनले अब डब्ल्युएचओलाई थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको हो ।

चीनले कोरोना भाइरस ९कोभिड(१९० विरुद्धको लडाइँका लागि यो सहयोग लिन लागिएको बताएको छ ।

चिनियाँ विदेशमन्त्री कङ शुआङले यसअघि नै दुई करोड डलर सहयोगमा अहिलेको तीन करोड डलर थप सहयोग दिन लागिएको बताएका हुन् । यसले विश्वका मुलुकको स्वास्थ्य प्रणाली बलियो बनाउन सहयोग पुग्न सक्ने बताइएको छ ।



 

 



  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार १७:३५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया