वुहानबाट गिरफ्तारीमा परेका चिनियाँ पत्रकार फेरि देखिए

एजेन्सी– चीनको वुहान सहरमा कोरोनाभाइरस महामारी फैलिएपछि त्यहाँको प्रहरीले गिरफ्तार गरेका एक पत्रकार फेरि युट्युबमा देखिएका छन् । 

उनी दुई महिनाअघि गायब भएका थिए । 

ली जिहुआ नामका यी पत्रकारले प्रहरीले आफूलाई खोज्दा र गिरफ्तार गर्दाको भिडियो पनि युट्युबमा नै प्रसारण गरिदिएका थिए ।

बुधबार फेरि देखिएका यी पत्रकार अब पश्चिमा मिडियामा चर्चामा छन् । उनले बुधबार एउटा भिडियो राख्दै आफूले दुई साता क्वारेन्टाइनमा बिताएको र थप समय पनि क्वारेन्टाइनमा नै बिताएको बताएका छन् । 

उनले प्रहरीले आफूलाई क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै गिरफ्तार गरेको बताएका छन् ।

यी पत्रकार खासमा वुहानमा अर्का एक साथी हराएपछि पुगेका थिए । उनले आफू वुहान जानुको कारण ती साथीले चिनियाँ सरकारले गलत सूचना दिइरहेको बताएको भएको बताएका थिए । यो सूचना कोरोनाभाइरस महामारीबारे नै थियो ।





  • प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार ०:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया