ओली–देउवा वान टु वान वार्तापछि मिसिए प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको वान टु वान भेटवार्तापछि शुक्रबार नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सो छलफलमा सहभागी भएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा जारी एक घण्टे द्विपक्षीय छलफलपछि अर्का अध्यक्ष प्रचण्ड पनि मिसिएर त्रिपक्षीय छलफल भइरहेको छ । कोरोना भाइरसविरुद्ध मिलेर अगाडि बढ्नेबारे छलफल भएको थापाले बताए ।

सरकारले ल्याएका दुई अध्यादेको चौतर्फी विरोध भएपछि दुवै अध्यादेश खारेज भएलगत्तै  सुरुमा ओली र देउवाबीच तथा केहीबेरपछि ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।

पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री बोलाएर सभापति देउवा बालुवाटार आएको तर छलफलको विषयबारे आफूलाई जानकारी नभएको बताए ।

 





  • प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार १७:२४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया